थप १ हजार ६ सय ७७ जनामा काेराेना सङ्क्रमण, २ हजार ७२ जना निकाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ६ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १५ हजार ३४ जनाको नमुना परीक्षण गर्दा एक हजार ६ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ११ दशमलव १५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ५७ हजार आठ सय ९५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई हजार ७२ जना सङ्क्रमणमुक्त भएसँगै कोरोना  सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या सात...