कोशी करिडोरले क्षतिपूर्ति नदिएको पीडितको गुनासो

धनकुटा : राष्ट्रिय गौरवको परियोजना कोशी करिडोर २२० केभीले क्षतिपूर्ति नदिएको परियोजना प्रभावितले गुनासो गरेका छन्। साँगुरीगढी गाउँपालिका–६ कटहरेका बाबुराम राईले करिडोरले आफ्नो घर नजिकैबाट जबर्जस्ती विद्युतको पोल गाडी तार टाँगेर लगे पनि क्षतिपूर्ति नपाएको बताएका हुन्।राईले आफ्नो घर नजिकै पोल नगाड्न र प्रशारण लाइन विस्तार नगर्न पटकपटक अनुरोध गर्दा पनि स्थानीय प्रशासनले सशस्त्र र जनपथ प्रहरी राखेर जबर्जस्ती काम गरेको बताए। परियोजनाका मुख्य व्यक्ति सोम पौडेल, इन्जिनियर सत्रुधन यादव र जिल्ला प्