सरकारले काठमाडौं उपत्यकामा बालबालिकाका लागि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । उपत्यकाको भक्तपुर जिल्लाबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आइतबारबाट मोर्डना खोप दिन सुरु गरिएको हो । भक्तपुरमा मोर्डना र फाइजर खोप दिइने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका जनस्वास्थ्य अधिकृत भरत भण्डारीले रातोपाटीलाई जानकारी दिए । यता, काठमाडौंमा भने २७ पुस (मंगलबार) देखि बालबालिकालाई खोप दिने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले बताए । स्थानीय पालिक