तुलसीपुर : जडान गर्ने प्राविधिक नहुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको १८ डायलायसिस मेसिन अलपत्र परेका छन्। साउन १३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ आएका हुन्। तर जडानको काम अघि बढेको छैन। जडान गर्न प्राविधिक नआएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डायलायसिस प्रमुख लीना बडेलले बताइन्।मेसिन आएपनि अन्य सामग्री नआएको उनले बताइन्। ‘मेसिनसँग सम्बन्धित अन्य सामग्री आउनुपर्छ’, उनले भनिन्, &lsquo