टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माण अन्तिम चरणमा

दाङ, साउन ६ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । डिपोका लागि ट्याङ्की र बाउजर ल्याइसकिएको छ भने अन्य संरचना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । अहिले विमानस्थलमा ३० हजार लिटर अट्ने क्षमताको ट्याङ्की निर्माण गरिएको छ । इन्जिनीयर सुरज शाहका अनुसार ट्याङ्की ३० […]

सम्बन्धित सामग्री

टरिगाउँ विमानस्थल डिपोको ल्याब रिपोर्ट आएको चार महिना भयो, तर अझै भएन रिफिल

तुलसीपुर : दाङको टरिगाउँ विमानस्थलस्थित डिपोमा इन्धन भरेको छ महिना भइसकेको छ तर पनि जहाजमा इन्धन ‘रिफिल’ भने हुन सकेको छैन। नेपाल आयल निगम इन्धन डिपो तुलसीपुरका निमित्त प्रमुख नेत्रबहादुर भण्डारीका अनुसार डिपो निर्माण भएपछि ल्याब परीक्षणका लागि भारत पठाइएको थियो। भारतबाट पनि ल्याब रिपोर्ट आएको चार महिना भइसकेको छ।…

टरिगाउँ विमानस्थल निर्माणको लागि ५५ लाख विनियोजन

असोज १२, दाङ । दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थलका लागि रू. ५५ लाख बजेट विनियोजन गरिएको छ ।  राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा ‘अपार’का अनुसार विमानस्थलमा टावर निर्माण र विस्तारका सो रकम खर्च गरिने जानकारी दिइएको छ ।  वर्तमान सरकारले विमानस्थल निर्माण गर्न बजेट विनियोजन गरेको उनले बताए । विगत दुई आर्थिक वर्षदेखि सो विमानस्थलका लागि बजेट विनियोजन हुन सकेको थिएन ।  बजेट नपर्दा विमानस्थलको स्तरोन्नति हुन सकेको थिएन । विमानस्थलका धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सक्ने अवस्था छैन ।  त्यसैले विमानस्थलमा धावन मार्ग विस्तार आवश्यक रहेको छ । विमानस्थलमा अहिले इन्धन डिपो स्थापनाको काम भइरहेको छ ।  यस क्षेत्रको विमानस्थललाई स्तरोन्नति गरेर हवाई उडान प्रभावकारी बनाउन आफूले दत्तचित्त भएर पहल थाल्नेसमेत उनको भनाइ छ । रासस

टरिगाउँमा नियमित हवाई सेवाका लागि इन्धन डिपो बनाउने निर्णय

दाङ, पुस १७ – तुलसीपुर उपमहानगरपालिकाले दाङको टरिगाउँ विमानस्थल सञ्चालन गर्न तत्कालका लागि नेपालगञ्जबाट इन्धन ल्याउने निर्णय गरेको छ ।  प्...