दोलखाको गौरीशंकर गाउँपालिका–२ जुँगूमा १० महिना अर्थात गत माघ १२ गते निकै तामझामका साथ निलकण्ठेश्वर माध्यमिक विद्यालयलाई आवासीय रूपमा रूपान्तरण गर्ने गरी सुरुवात गरियो । विद्यालयको २९औं अभिभावक दिवसको अवसरमा विद्यालयको नाम परिवर्तन गरी निलकण्ठेश्वर आवासीय विद्यालय घोषणा गरियो ।फागुनदेखि दुई सय विद्यार्थी आवासमा पनि राखियो । बीचमा बन्दाबन्दीले विद्यालय बन्द भएर नयाँ आर्थिक वर्ष […]