काठमाडौंको दरबारमार्गस्थित द राइजिङ मलमा छ, क्यूज सिनेमा हल । कोरोना भाइरसको महामारी नेपाल भित्रिएसँगै सिनेमा हल बन्द छ ।
कोरोना महामारी शुरू भएसँगै मुलुकभरका सिनेमा हलहरू बन्द छन् । जसका कारण ठूलो क्षति व्यहोर्नुपरेको छ चलचित्र क्षेत्रले ।
‘मैले बैंकको ब्याज र घरभाडामा मात्रै करीब ३ करोडभन्दा बढी बुझाउनुपरेको छ, यो त पूरै नोक्सानी नै हो,’ क्यूज सिनेमा हलका म्यानेजिङ डाइरेक्टर सुमित मैनालीले लोकान्तरसँग भने ।
पहिलो चरणको लकडाउन र निषेधाज्ञा खुकुलो गर्दै सरकारले गत माघदेखि सिनेमा हल खुलाउन...