चौधरीको नाम उम्मेदवार सूचीबाट नहटाउन आदेश

सप्तरीको राजविराज नगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएपनि आयोगले उम्मेदवारको नाम समाविष्ट नगरेको भन्दै सर्वोच्च अदालतमा परेको रिटविरुद्ध अदालतले उम्मेदवारी रद्द नगर्न अल्पकालिन आदेश दिएको छ ।ममता कुमारी चौधरीले आयोगविरूद्ध दिएको रिटमा प्रकाशमान सिंह राउतको इजलासले ३९३ क्रम संख्यामा रहेको चौधरीको नाम उम्मेदवारको सूचीबाट नहटाउन भनिएको छ ।