पूर्वसचिव मैनालीको निबन्ध संग्रह 'घाउ आफैंलाई दुख्छ' सार्वजनिक

नेपाल सरकारका पूर्व सचिव एवम् वरिष्ठ साहित्यकार गोपी मैनालीको निबन्ध संग्रह 'घाउ आफैंलाई दुख्छ' विमोचन गरिएको छ ।  शनिवार सुरभि साहित्य प्रतिष्ठानले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी निबन्ध संग्रह लोकार्पण  गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् इतिहासविद् दिनेशराज पन्तले पुस्तकको लोकार्पण गरे । पुस्तकको समीक्षा गर्दै  वरिष्ठ पत्रकार एवम् साहित्यकार विजय चालिसेले पुस्तकका लेखक मैनाली सरकारी क्षेत्रमा मात्रै नभई साहित्य क्षेत्रमा समेत अब्बल रहेको पाइएको बताए । बौद्धिकतालाई कलात्मक भाषामा ढाली विचार...