भारतमा संक्रमितको संख्या फेरि बढ्दै

भारतमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । मंगलबार ४२ हजार ११४ जनामा संक्रमण पुष्टि भएको छ भने ३६ हजार ८५७ जना निको भएका छन् । यही अवधिमा थप ३ हजार ९९८ जनाले ज्यान गुमाएका छन् ।यद्यपि, यो संख्या महाराष्ट्रले यसअघि ज्यान गुमाएकाहरुको संख्या थप गरेपछि बढी देखिएको थियो । त्यहाँ पछिल्लो दिन १४७ जनाको मृत्यु भएको थियो भने ३ हजार ५०९ जनाको पुरानो मृत्युको संख्या थप गरिएको थियो । यसअघि ९ जुनमा पनि बिहानमा पनि पुरानो मृत्युको आँकडा थप गरिएको थियो । सो दिन एकै दिन ६ हजार १३९ जनाको मृत्युको संख्