सुदूरपश्चिम सरकारको आरोप : फाप्ला खेल मैदानको योजना संघ सरकारले खोस्यो

धनगढी : एक हप्ताअघि मात्रै धनगढीको फाप्ला मैदानमै पुगेका संघीय युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले धनगढीको फाप्लामा संयुक्त लगानीमा अन्तरराष्ट्रिय क्रिकेट मैदान र खेलग्राम निर्माण थालिने बताएका थिए। ‘फाप्लामा अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणको निर्णय गरेका छौं,’ उनले भनेका थिए, ‘सुदूरपश्चिम प्रदेश सरकारले फाइल अगाडि बढाएको हो। प्रदेश सरकारको कामबाट नै हामीले निर्णय गर्न पाएका हौं। निर्माणमा १५ अर्ब खर्च हुने देखिएको छ।’प्रदेश सरकारले मात्र फाप्लाको योजना क