काठमाडौं : शक्तिशाली भूकम्पका कारण टर्की र सिरियामा मृत्यु हुनेको संख्या एक सयभन्दा बढी पुगेको छ।
स्थानीय समय अनुसार आज बिहान सिरियाको सीमा नजिक टर्कीको पजारसिक जिल्लालाई केन्द्रबिन्दु बनाएर ७ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको हो।
अमेरिकाको जियोलोजिकल सर्भेले ७ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ भने टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन प्राधिकरण (एएफएडी) ले ७ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको उल्लेख गरेको छ।
टर्कीको सरकारी सञ्चारमाध्यम एनादोलले भूकम्पमा परी ७६ ज्यान गएको जनाएको छ भने &nbs...