सबनमलाई नेपाल टेलिभिजन बोर्ड सदस्यबाट हटाउने निर्णय कार्यन्वयन नगर्न सर्वाेच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले नेपाल टेलिभिजनका संचालक समिति सदस्य सबनम मुखियालाई हटाउने नेपाल सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ । सर्वाेच्च अदालतका न्यायाधीश हरि फुयालको इजलासबाट शुक्रबार नेपाल सरकारका नाममा अन्तरिम आदेश जारी भएको हो । सञ्चार संस्थान ऐन, २०२८ को दफा १०(१)(घ) बमोजिम चारबर्षको कार्याकालका लागि नियुक्ति भएका पदाधिकारीलाई स्पष्टीकरण समेत नसोधी […]