कैलाली : युवती मृत्युको अनुसन्धानमा रहेको प्रहरीले गौरीगंगा नगरपालिका–३ का वडा सदस्य निरज चौधरीलाई नियन्त्रणमा लिएको छ।चाैधरीसहित उनकी पत्नी र निरजका बुवालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) अनुपम शमशेर जबराले थाहाखबरलाई जानकारी दिए।२२ वर्षीया चौधरीकी प्रेमिका अञ्जिता चौधरी झुण्डिएको अवस्थामा आज बिहान उनको घरमा मृत अवस्थामा फेला परेकी थिइन्। उक्त घटना अनुसन्धानका लागि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको