फ्लाई दुबईको जहाज ठूलो दुर्घटनाबाट जोगियो

काठमाडौं । फ्लाई दुबईको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको उक्त जहाजको इञ्जिनमा खराबी आएको थियो । विमानस्थलबाट उडे लगत्तै ठूलो आवाजसहित जहाजमा आगोको झिल्को देखिएको थियो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार उक्त जहाज अहिले गन्तव्यतर्फ उडिरहेको छ । काठमाडौँ विमानस्थलबाट उडेको केहीबेरमै जहाजको इञ्जिनमा समस्या आएपछि […]

सम्बन्धित सामग्री

ठूलो दुर्घटनाबाट जोगियो नेपाल एयरलाइन्स

काठमाडौं । नेपाल एयरलाइन्सको जहाज थाइल्यान्डमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । शुक्रबार काठमाडौंका लागि उड्न तयार भएको नेपाल एयरलाइन्सको जहाज धावनमार्गमा गुडिरहेको बेला एक्कासी दुवैतर्फका टायर पन्चर भएको थियो । आरए ४०२ जहाज उडान भर्नका लागि धावनमार्गमा कुदिरहेको बेला एक्कासी दुवै तर्फको टारय पन्चर भएको र विमानका चालक र सहचालकको सुझबुझका कारण दुर्घटना टरेको […]

ठूलो दुर्घटनाबाट जोगियो जेट एयरवेजको विमान

काठमाडौं । भारतीय विमान कम्पनी जेट एयरवेजको जहाज बुधबार अपराह्न ठूलो दुर्घटनाबाट बचेको छ । जेट एरवेजको उडान नम्बर २६७ को विमान तेल नभरेकै अवस्थामा काठमाडौंबाट दिल्लीका लागि एक सय ८३ यात्रु ...

फ्लाई दुबईको जहाज ठूलो दुर्घटनाबाट जोगियो

त्रिभुवन विमास्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको कलसाइन एफजेड ५७६ जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ। सात जना चालक दलका सदस्यसहित १७५ जना यात्रु बोकेर सोमबार राति ९:२० मा त्रिभुवन विमानस्थलबाट उडान भरेको केहीबेरमै पाइलटले जहाजको दायाँ इन्जिनमा समस्या आएको विमानस्थल टावरलाई जानकारी गराएका थिए। सामाजिक सञ्जालमा जहाजको इन्जिनमा आगो लागेको तस्बिरसहित काठमाडौँ र ललितपुरका केही ठाउँमा ठूलो आवाजमा पड्केकोलगायतका खबर छाएपछि काठमाडौँमा त्रासपूर्ण वातावरण सिर्जना भएको थियो। विमानस्थल कार्यालयका अनुसार सुरुमा पाइलटले इन्जिनमा समस्या आएको जानकारी गराएपछि आपत्कालीन अवतरणका लागि विमानस्थल खाली गराइएको थियो। विमानस्थलमा एम्बुलेन्स र दमकलसहितका सुरक्षादस्ता तयारी अवस्थामा राखिएको थियो। उक्त समयमा विभिन्न गन्तव्यबाट आएका एयर अरेबिया, मलेसियन एयर, सिङ्गापुर एयर, बुद्ध एयरलगायत सातवटा जहाजलाई सिमराको आकाशमै होल्ड गराइएको थियो। आधा घण्टा काठमाडौँको आकाशमा फन्को मारेको उक्त जहाज पछि सबै प्यारामिटर नर्मल रहेको भन्दै गन्तव्यतर्फ लागेपछि ९:५० बजे विमानस्थल पुनः सञ्चालनमा ल्याएर अन्य जहाजलाई अवतरण गराइएको थियो। घटनालगत्तै फ्लाई दुबईको आधिकारिक ट्विटरमा ट्विट गर्दै फ्लाई दुबईका प्रवक्ताले जहाजमा चरा ठोक्किएको बताउनुभएको छ। उहाँले जहाजमा लाटोकोसेरो ठोक्किएको अनुमान गर्दै एक इन्जिनको सहायताले गन्तव्यतर्फ उडान भरेको उल्लेख गर्नुभएको छ। “काठमाडौँबाट दुबईका लागि उडेको फ्लाई दुबईको एफजेट ५७६ उडान भरेको केही समयमै चरा ठोक्कियो। विशेष मापदण्ड अपनाएपछि उडान सामान्य रूपमा गन्तव्यतर्फ आइरहेको छ,” सार्वजनिक ट्विटमा फ्लाई दुबईका प्रवक्ताले उल्लेख गर्नुभएको छ।

सौर्य एयरलाइन्सकाे जहाज ठूलो दुर्घटनाबाट जोगियो

विराटनगर । चरा ठोक्किएको सौर्य एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरतर्फ आउने क्रममा सोमबार विहान जहाजमा चरा ठोक्किएको थियो ।     चरा ठोक्किएका कारण बायाँ पङ्खामा सामान्य ...

यति एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगियो

पोखरा, रासस । यति एयरलाइन्सको जहाज आज पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ

यति एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगियो - Naya Patrika

यति एयरलाइन्सको जहाज आज पोखरा विमान स्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरका क्रममा हाइड्लिक फेल हुँदा धावन मार्ग...पूरा पढ्नुहोस् »

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगियो

भद्रपुर (झापा) : झापाबाट काठमाडौंका लागि उडान भरेको सौर्य एयरलाइन्स जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ। झापाको भद्रपुर विमानस्थलबाट दिउँसो १:५० मा काठमाडौंका लागि उडान भरेको सौर्य एयरलाइन्सको जहाज रनवेमा चरासँग ठोकिएको थियो। चरासँग ठोकिएपछि जहाजले तत्काल उडान रद्द गरेको चन्द्रगढी नागरिक उड्डयन ...

यति एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगियो

यती एयरलाईन्सको जहाज भैरहवा विमानस्थलमा दुर्घटना हुनबाट जोगिएको छ। गौतमबुद्ध विमानस्थल भैरहवामा अवतरण गर्ने क्रममा अगाडिको चक्का नखुलेपछि उक्त जहाज धावनमार्गको बिचमा रोकिएको छ। काठमाडौंबाट भैरहवा आएको 9 n-AJC नं. को उक्त जहाज धावनमार्गमा रोकिएपछि अहिले क्रेन लगाएर धावनमार्गबाट बाहिर हटाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ। विमानमा रहेका सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। जहाज…