चालू आर्थिक वर्षको ६ महिनामा सरकारले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकाय तथा मुलुकहरूबाट एक खर्ब १० अर्ब बढीको सहायता प्रतिबद्धता प्राप्त गरेको छ । चालू आर्थिक वर्षको साउन १ गतेदेखि पुस मसान्तसम्म विविध सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता गरी सरकारले कुल एक खर्ब १० अर्ब ८५ करोड रुपैयाँ सहायता प्रतिवद्धता प्राप्त गरेको हो । यस्तो प्रतिवद्धता अनुदानमा ६ अर्ब ८५ करोड २६ लाख अर्थात् कुल प्रतिवद्धताको ६.१८ प्रतिशत र सहुलियतपूर्ण कर्जा तर्फ एक खर्ब ३ अर्ब ९९ करोड (९३.८२ प्रतिशत) प्राप्त गरेको अर्थमन