‘आज म आइपुगे’मा सन्तोष र पूजाको रोमान्स

सुरज शाही ठकुरीको स्वर तथा अजयकुमार अधिकारीको शब्द तथा संगीत रहेको गीत ‘आज म आइपुगे’ सार्वजनिक भएको छ । गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा सन्तोष अधिकारी र पूजा पन्तको प्रेमकथा देखाउन खोजिएको छ ।नेपाली लाहुरेको प्रेमकथा समेटिएको भिडियोमा सन्तोष र पूजाको अलवा घनश्याम लामिछाने र कृति अधिकारीको पनि अभिनय छ । एएसएपी इन्टरटेनमेन्टको निर्माण गरेको भिडियो निशान कास्यपले निर्देशन गरेका हुन् । निशान पौडेलले छायांकन गरेको भिडियोमा निर्देशक काश्यपकै सम्पादन छ ।