नेपाल भित्रने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अन्तर्गत उद्योग दर्तामा सेवा र पर्यटन क्षेत्र अगाडि रहे पनि रोजगारी सिर्जनामा भने उत्पादनमूलक क्षेत्र अगाडि देखिएको छ । उद्योग विभागका अनुसार नेपालमा उत्पादन तथा कारोबारका लागि स्वीकृति लिएका विदेशी लगानीका उद्योगको संख्या ५ हजार ३ सय ६६ पुगेको छ । जसमध्ये सबैभन्दा बढी परियोजना सेवा क्षेत्रका रहेका छन् […]