केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।
प्रारम्भिक नतिजाअनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै ५ हजार १०८ जना प्रति वर्गकिलोमिटर जनघनत्व छ । त्यस्तै सबैभन्दा कम मनाङमा ३ जना प्रति वर्गकिलोमिटर जनघनत्व रहेको छ ।
काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ हुँदा मनाङको भने ५ हजार ६४५ रहेको विभागले जनाएको छ ।
जनघनत्वको आधारमा भक्तपुर, ललितपुर, धनुषा र महोत्तरी क्रमशः धेरै जनघनत्व रहेका दोस्रो, तेस्रो, चौथो र पाँचौं जिल्लाहरू हुन् ।
मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला ...