स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँ सहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार बेतिया ग्रामपञ्चायत गुर्वलिया कचहरियाटोला थाना मनुवापुल बस्ने ४२ वर्षीय संजय राम रहेका छन् । उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा श्रोत नखुलेको नगद फेला पारी पक्राउ गरिएको प्रहरीले

सम्बन्धित सामग्री

बनेपाबाट सुनचाँदी र नगदसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको सुनचाँदी र नगदसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बिल नभएको सुन जस्तो देखिने पहेँलो धातु २० तोला, चाँदी जस्तो देखिने सेतो धातु १६२ तोला, स्रोत नखुलेको नगद पाँच लाख ७६ हजार १३५ र  २२ हजार रुपैयाँसहित एक जनालाई भारतीय नागरिकलाई सोमबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । बर्दियाको गुलरियाबाट प्रहरीले स्रोत नखुलेको रकमसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नयाँदिल्ली थाना स्मानपुर ब्रमपुरी दिल्ली घर भएका ४५ वर्षीय जाफर अली छन् । गुलरिया नगरपालिका–८ भादाबाट पक्राउ परेका आरोपीको साथबाट स्रोत नखुलेको ९० हजार ५ सय ९० भारतीय रूपैयाँ र २ हजार ७ सय ८० नेपाली रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । आरोपी सवार डिएल–१० एसडब्लु–९१०५ नम्बरको मोटरसाइकललाई जाँच गर्दा स्रोत नखुलेको नगद फेला परेको थियो । प्रहरीले आरोपीलाई अनुसन्धानको लागि राजस्व अनुसन्धान कार्यालय बाँकेमा बुझाएको छ ।  ...

स्रोत नखुलेको १० लाख ७० हजारसहित एक जना पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा ५० वर्षीय मोहद् तसलिम छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलमा जाँच गर्ने क्रममा उक्त रकम भेटिएको थियो । त्यसपछि उनलाई […]

स्रोत नखुलेको १० लाख भन्दा बढी रकमसहित विमानस्थलबाट एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार रूपियाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ५० वर्षीय मोहद् तसलिम छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलमा जाँच गर्ने क्रममा उक्त रकम भेटिएको थियो । […]

स्रोत नखुलेको नगदसहित भारतीय नागरिक पक्राउ

रौतहटको बौधीमाई नगरपालिका–७ बाट प्रहरीले स्रोत नखुलेको नगद सहित एकजना भारतिय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार स्थित मोतिहारी थाना घोडासहन घर भएका १९ वर्षीय यसराज जयसवाल छन् । सोमबार दिउँसो पक्राउ परेका जयसलवालको साथबाट स्रोत नखुलेको ३ लाख ६८ हजार ६ सय रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी सुनिल मल्लले रातोपाटीलाई बताए ।भारतबाट नेपालतिर आउँदै गरेको बिआर–०५ एएन ६०८२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी बंकुलबाट खटिएको प्रहरीले जाँच गर्दा सो