झापाका तीन सिमेन्ट उद्योग बन्द, अरु पनि संकटमा

झापा– झापाका तीनवटा सिमेन्ट उद्योग पूर्ण रुपमा बन्द भएका छन् । भद्रपुर नगरपालिका–९ पुहाँतुबारीमा सञ्चालित मित्तल सिमेन्ट उद्योग, मनसा सिमेन्ट उद्योग र मेचीनगर–७ ज्यामिरगढीमा सञ्चालित सनराइज सिमेन्ट उद्योग बन्द भएका हुन् । झापामा आठ सिमेन्ट उद्योग सञ्चालनमा रहेकोमा तीनवटामा ताला लागेको उद्योगका सञ्चालकहरूले बताएका छन् । अहिले झापाको मेचीनगर–१३ दुवागढीमा गोरखकाली सिमेन्ट उद्योग र हिमालयज […]