लुम्बिनीका मुख्यमन्त्रीका स्वकीय सचिवको नियुक्तिमा थैव परिवारको आपत्ति

२८ भदौ,बुटवल । लुम्विनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख स्वकीय सचिवमा सुजित विकलाई नियुक्त गरिएकोप्रति बुटवलको प्रचण्ड थैव परिवारले आपत्ति जनाएको छ । स्वर्गीय थैवको परिवारले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी आफ्नो छोराको हत्यामा संलग्न व्यक्तिलाई मुख्यमन्त्रीको स्वकीय सचिव बनाएको भन्दै आपत्ति जनाएको हो । २०६५ सालमा तत्कालीन वाइसीएल रुपन्देहीका अध्यक्ष विक एमाले कार्यकर्ता प्रचण्ड […]