…अनि जिब्रो छेड्न तयार भए बुद्धकृष्ण

३० चैत, काठमाडौं । मध्याह्न १२ बज्दै गर्दा मध्यपुर थिमिको बोडे क्षेत्रमा मानिसहरुको भीड बढ्दै जान्छ । बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीबाटै भीड सुरु हुन्छ र एकैछिनमा जात्रा स्थल भरिन्छ । एक हुल मान्छे बाँसको चिम्टी बजाउँदै जात्रास्थलमा पुग्छन् । बोडे क्षेत्रका सबै देवदेवीस्थलमा पैदल पुगेर दर्शन गरेर फर्किएका बुद्धकृष्ण श्रेष्ठले त्यही भीडको बीचमा […]

सम्बन्धित सामग्री

जिब्रो छेडी टोलटोल घुमे बुद्धकृष्ण

मध्याह्न १२ बजेदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मान्छेहरूको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसको भीड बढ्दै गयो । कोरोना सङ्क्रमणको महामारी फैलिँदै गए पनि त्यसको बेवास्ता गर्दै जात्रास्थलमा मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न एकैछिनमा मानिस खचाखच भए ।          बाँसको चिम्टी बजाउँदै एकहुल मानिस हातको साङ्लो बनाएर आयो, सबैको ध्यान त्यतै केन्द्रित भयो, त्यही भीडको बीचमा जिब्रो छेड्न तयार भए बुद्धकृष्ण । बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पूजा गर्दै ४८ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठ त्यहाँ आइपुग्नुभएको हो । बोडेका बासिन्दाले उहाँको जयजयकार गरे । पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाइएको मञ्चमा उक्लिएपछि कर्मी नाइकेहरूले वरिपरी अक्षता र फूल छर्किएर देवीदेवतालाई सम्झँदै धुपबत्ती बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले हजारौँ मानिसकै अगाडि वागश्रेष्ठको जिब्रो छेडियो ।