१४ सांसदमाथिको कारवाहीको विषयलाई लिएर एमाले सांसदले वेलमा नाराबाजी गरिरहँदा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली भने चुपचाप कुर्सीमा बसेका छन् ।
पार्टीले माधव नेपालसहित १४ सांसदलाई गरेको कारवाही सभामुखले सदर नगरेको विरोधमा एमालेले वेल घेरेर नाराबाजी गरेको हो ।
प्रतिनिधि सभाको दोस्रो बैठकमा शुरूको केही समय उठेका ओली त्यसपछि आफ्नो कुर्सीमा बसेका थिए । सामान्यतया ओली आफ्नो स्वास्थ्यप्रति निकै सचेत रहने गर्छन् ।
एमाले विभाजनअघि पार्टीले माधव नेपालसह...