यात्रुसँग बढी भाडा असुल्ने सवारीसाधन कारबाहीमा

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा बढी भाडा असुल्ने सवारी साधनलाई शुक्रबार कारबाही गरेको छ । चाडपर्वको मौका छोपी यात्रुसँग यातायात समितिले निर्धारण गरेको भन्दाबढी रकम लिएका उन्नाइस वटा सवारी साधनलाई रोकेर कारबाही गरेको हो । दमौलीको भोर्लेटार चोकमा रहेको यात्रु सहायता कक्ष नजिक सवारी चेकचाँज गर्दा बढी भाडा लिएको पाइएपछि कारबाही गरिएको जिल्ला जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख एवं प्रहरी नायव निरीक्षक राजीव बिष्टले जानकारी दिए ।पोखराबाट विभिन्न स्थान

सम्बन्धित सामग्री

यात्रुसँग बढी भाडा असुल्ने सवारीसाधन कारबाहीमा

तनहुँ – जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा बढी भाडा असुल्ने सवारीसाधानलाई शुक्रबार कारबाही गरेको छ। चाडपर्वको मौका छोपी यात्रुसँग यातायात समितिले निर्धारण गरेको भन्दाबढी रकम लिएका उन्नाइस वटा सवारीसाधन रोकेर कारबाही गरेको हो। दमौलीको भोर्लेटारचोकमा रहेको यात्रु सहायता कक्ष नजिक सवारी चेकचाँज गर्दा बढी भाडा लिएको पाइएपछि कारबाही गरिएको जिल्ला […]

यात्रुसँग बढी भाडा असुल्ने १५४ सवारीसाधनलाई कारबाही

वीरगञ्ज । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालय पथलैयाले यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने १५४ ओटा सवारीसाधनलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले साउन महीनामा ती सवारीसाधनलाई कारबाही गरेको हो । सवारी सञ्चालकले यात्रुहरूबाट लिएको बढी भाडा ट्राफिक प्रहरीले फिर्ता गराएको छ । १ हजार ३९७ जना यात्रुले ३ लाख २५ हजार ८९१ रुपैयाँ भाडा फिर्ता पाएको प्रदेश २ ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए । यात्रुसँग बढी भाडा लिने सवारीलाई जरीवानासमेत तिराइएको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिए । ट्राफिकले ती सवारीसाधनबाट २ लाख ३४ हजार ५ सय रुपैयाँ जरीवाना पनि असुल गरेको छ । यसैगरी मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४८ जनालाई कारबाही गरेर ४८ हजार रुपैयाँ जरीवाना तिराएको छ । तीव्रगतिमा सवारी चलाउने १९४ जना चालक कारबाहीमा परेका छन् । सो अवधिमा क्षमताभन्दा बढी भार बोकेका १५ ओटा ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको ट्राफिकले बताएको छ । ट्राफिक नियम उल्लंघन गर्ने २१ हजार ३२९ ओटा सवारीसाधन कारबाहीमा परेका छन् । यो कारबाहीबाट १ करोड ७६ लाख रुपैयाँ राजस्व उठेको जैसवारले जानकारी दिए । बितेको १ महीनामा प्रदेश २ मा ५६२ ओटा सवारी दुर्घटना हुँदा ३५ जनाको ज्यान गएको छ । ती दुर्घटनामा १८१ जना घाइते भएको ट्राफिक प्रहरीले बताएको छ । प्रहरीका अनुसार सो अवधिमा गरिएका ८२ ओटा चेतनामूलक कार्यक्रममा १५ हजार २०१ जना सहभागी भएका थिए ।

बिपी राजमार्गमा नियम उलंघन गरी चलाइएका सवारीसाधन कारबाहीमा

काभ्रेपलाञ्चोकको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डको बिपी राजमार्गमा चल्ने अधिकांश सवारीसाधनलाई नियम उलंघन गरी चलाएको भन्दै यातायात व्यवस्था विभागको टोलीले कारबाही गरेको छ । शुक्रबार विभागको टोलीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको काभ्रेभञ्ज्याङमा गरिएको अनुगमनमा उक्त राजमार्ग भएर चल्ने अधिकांश सवारीसाधनले यात्रुसँग तोकिएको दरभन्दा बढी भाडा असुल्ने, रुट परमिट नै नभएका गाडी चलाउने र १८ सिट क्षमता र…