देशभर ७ हजार सात सय भन्दा बढीमा डेंगु सङ्क्रमण, चारवटै ‘सेरोटाइप’ देखिएको पुष्टि

काठमाडौं । देशभर डेंगुबाट संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो । यसअवधिमा सातजना डेंगु संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ । यसवर्ष नेपालमा डेंगुका चारवटै सेरोटाइप देखिएको छ । सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका […]