काठमाडौं– वैशखा १५ मा बझाङ १ को ‘क’ प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट युवा नेता लोकेन्द्र रोकायाले आफ्नो दाबी रहने बताएका छन्। काठमाडौंको अनामनगरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै नेता रोकायाले बझाङ १ ‘क’ प्रदेश सभामा आफ्नो दाबी रहने बताएका हुन्। उपनिर्वाचन हुने भएसँगै बझाङमा दलहरू आन्तरिक रुपमा उम्मेदवार छनोटमा जुटेको अवस्थामा कांग्रेसबाट रोकायाले दाबी गरिरहेका छन्। […]