सुर्खेतमा जल तथा मौसम विज्ञान कार्यालयको जीप दुर्घटना, एक जनाको मृत्यु

जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको जीप सुर्खेतको कपासेमा दुर्घटना भएको छ । बुधबार दिउँसो गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै बा १ झ ८७८४ नम्बरको उक्त बोलेरो जीपमा ५ जना सवार रहेका थिए ।जसमध्ये चार जना घाइते र एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीले जानकारी दिए । मृत्यु हुनेमा रुकुम पश्चिमका २८ वर्षीय धर्मराज बुढाथोकी रहेको उनले बताए ।  ब्रेक फेल भएर गाडी दुर्घटना भएको अनुमान प्रहरीको छ । गाडी सडकबाट २० मिटर तल खसेको छ ।

सम्बन्धित सामग्री

सुर्खेतमा सरकारी जीप दुर्घटना हुँदा १ जनाको मृत्यु

८ असार, सुर्खेत । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको जीप सुर्खेतको कपासेमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा रूकुम पश्चिम चौरहजारीका २८ वर्षीय धर्मराज बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । उनका अनुसार बुधबार बेलुका गोढीकाँडाबाट वीरेन्द्रनगर आउँदै गरेको बा १ झ ८७८४ नम्बरको […]

सुर्खेत-दैलेख सडक खण्डको कपासेमा जीप दुर्घटना : एक जनाको मृत्यु, चार जना घाइते

वीरेन्द्रनगर : सुर्खेत-दैलेख सडक खण्डअन्तर्गत कपासे नजिकै बोलेरो जीप दुर्घटना भएको छ। वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङ्गलामा रहेको मौसमी राडारको अनुगमन गरेर वीरेन्द्रनगरतर्फ फर्किंदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखि माथि मोडमा दुर्घटनामा परेको हो। बा १ झ ८७८४ नम्बरको बोलेरो जीप सडकबाट करिब २० मिटर तल खसेको…

जीप दुर्घटना हुँदा १ जनाको मृत्यु ४ जना घाइते

सुर्खेत–दैलेख सडक खण्ड अन्तरर्गत वीरेन्द्रनगर पालिका–७ स्थित कपासे नजिक जल तथा मौसम विज्ञान कार्यालयको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बा१झ ८७८४ नम्वरको बोलेरो जीप ओरालोमा मोडबाट २० मिटर तल खसेको हो।...