एमालेका महाधिवेशन प्रतिनिधिलाई मायाको चिनो: स्टिकर, रिबन र च्याउको सुप !

नेकपा एमालेको विधान महाधिवेशनमा अखिल नेपाल महिला संघ (अनेम संघ)ले मायाको चिनो स्वरुप स्टिकर, रिबन र सुप वितरण गरिरहेको छ ।   ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आजबाट शुरू भएको एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई अनेम संघले च्याउको सुप खुवाइरहेको छ ।  सुप खुवाउनको लागि सनराइज सम्मेलन केन्द्रको पश्चिमतर्फ स्टल राखिएको छ । च्याउको सुप खानको लागि स्टलमा लाइन लागेका प्रतिनिधिलाई सबैभन्दा पहिले रिबन र स्टिकर लगाइदिने र एक कप सुप दिने गरिएको छ ।  महाधिवेशनमा सहभाग...