नेकपा एमालेको दसौँ महाधिवेशनमा अध्यक्ष पदका दुई उम्मेदवारमध्ये भीम रावल सोमबार दिनभरजसो महाधिवेशन प्रतिनिधिसँग भेटघाट गर्दै आफूलाई मत दिन आग्रह गरिरहेका देखिए । तर अध्यक्ष पदका अर्का उम्मेदवार केपी शर्मा ओली भने उम्मेदवारी दर्तापछि महाधिवेशन स्थलमा देखिएका छैनन् ।रावलले महाधिवेशन स्थलमा महाधिवेशन प्रतिनिधिसँग भेट गर्ने, संक्षिप्त वार्तालाप गर्ने र आफ्नो उम्मेदवारीका बारेमा प्रस्ट पार्दै मत माग्ने गरेको देखियो । कतिपय महाधिवेशन प्रतिनिधिले उनलाई उम्मेदवारी फिर्ता लिनसमेत सुझाव दिएका थिए । उनीहरूल