‘व्यावसायिक रूपमा मेसी पीएसजीको ठुलो सम्पत्ति’

एजेन्सी। पीएसजीका अध्यक्ष नासेर अल–खेलाईफीले व्यावसायिक हिसाबले लियोनेल मेसी क्लबको ठुलो सम्पत्ति भएको बताएका छन्। ३४ वर्षे मेसीले २१ वर्षसम्मको बार्सिलोना यात्रा टुंगाउदै दुई वर्षका लागि पीएसजी अनुबन्ध भएका छन्। अल–खेलाईफीले भने, ‘व्यावसायिक तथा सामाजिक सञ्जालमा हामीले जुन प्रतिक्रिया पाएका छौँ। त्यो अद्भुत छ। मेसी क्लबको ठुलो सम्पत्ति हुन्।’ अल–खेलाईफीले मेसीलाई भित्राउँदा वित्तीय अनुशासन कायमै राखेको बताए।

सम्बन्धित सामग्री

अर्जेन्टिनाबाट मेसीलाई उपाधिः अहिले नभए कहिले?

एजेन्सी। क्लबबाट लियोनल मेसीले नजितेको केही छैन। तर राष्ट्रिय टिमबाट मेसीले कुनै उपाधि जितेका छैनन्। मेसीको अर्जेन्टिनाले आइतबार बिहान कोपा अमेरिकाको फाइनलमा ब्राजिलविरुद्ध खेल्दैछ। मेसीलाई जन्मभूमिबाट उपाधि जित्ने यो राम्रो अवसर हो। मेसीले कोपा अमेरिका २००७, २०१५ र २०१६ तथा विश्वकप २०१४ को फाइनल खेलेका थिए। मेसी भन्छन्, ‘राष्ट्रका लागि जित्ने ठुलो धोको छ। अहिले हाम्रो लक्ष्य सदैवभन्दा उच्च छ।’

कता होलान् बोडेका ‘मेसी’!

मेसीको चर्चा चुलिँदै गर्दा करिब एक दशकअघि भक्तपुरमा बोडेमा एउटा खु्ट्टामा बुट र अर्को खुट्टामा चप्पल लगाएर मेसी अंकित टिसर्टका साथ टुर्नामेन्ट खेल्दै गरैको किशोरको याद आयो । किशोर पक्कै ठुला भए होलान् । उनको खेल ठुलो भयो कि भएन पत्तो पाउन सकेको छैन । अनि अर्को कुरा उनी मेसीकै फ्यान छन् कि उनको रुचि बदलियो होला । त्योभन्दा पनि जान्ने इच्छा अर्को छ– फुटबल खेल्दै गरेको भए उनले दुवै बुट किने कि किनेनन् होला ?

मेसीले भने ब्राजिललाई जिताउन ठूलाे षडयन्त्र भयो, मेडल लिन्न

कोपा अमेरिका फुटबलमा यो पटक जे भयो त्यो साँचिकै खराब भएको अर्जेन्टिनी फुटबल लिजेन्ड मेसीले दाबी गरेका छन्। उनले ब्राजिललाई जिताउने ठुलो षड्यन्त्र भएको र भ्रस्टचारमा पतियोगिता डुबेको भन्दै तेस्रो स्थानको प्लेअफको मेडल अस्विकार गरेका छन्। त्यसो त मेसीले ग्यारी मेडलसँगको झगडापछि पहिलो हाफमा नै रातो कार्ड पाएका मेसी खेल सकिएपछ...