काठमाडौं : नेपाल मजदुर किसान पार्टीका महासचिव प्रेम सुवालले राष्ट्रिय सहमतिका नाममा सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन नहुने बताएका छन्।सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै महासचिव सुवालले राष्ट्रिय सहमतिको अर्थ तीन पार्टीका नेताबीच प्रधानमन्त्रीको भागबन्डा गरेर सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउने नभएको बताए। ‘राष्ट्रिय सहमतिको अर्थ तीन पार्टीका नेताबीच प्रधानमन्त्रीको भागबन्डा गरेर सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउने होइन। संसदीय व्यवस्थामा प्रधानमन्त्रीसँग प्रतिनिधिसभा भंग