नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको कोरोना परीक्षणमा अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि भएको हो ।अहिले समान्य लक्षणसहित घरमै स्वास्थ्यलाभ लिइरहेको उनको निजी सचिवालयले जनाएको छ । सचिवालयका अनुसार अध्यक्ष नेपालले केही दिनका लागि भेटघाट तथा निर्धारित कार्याक्रम स्थगित गरेका छन् ।