काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का अन्तर्राष्ट्रिय प्रमुख कार्यकारी अधिकृत (ग्लोबल सिइओ)एलिस अलब्राइटबीच शिष्टाचार भेटवार्ता भएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा उनीहरुबीच सोमबार एमसिसी कार्यान्वयनका विषयमा छलफल भएको एमाले परराष्ट्र मामिला विभागका प्रमुख डा राजन भट्टराईले जानकारी दिए । उनका अनुसार भेटमा एमाले अध्यक्ष ओलीले परियोजनाको […]
काठमाडौं । १९ औं एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने भएको छ । टि–२० क्रिकेटमा पहिलो पटक भारतसँग खेल्न लागेको नेपालले भोलि क्वाटरफाइनल खेल्न लागेको हो ।
प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको हो । समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले मंगोलियाविरुद्ध र दोस्रो खेलमा माल्दिभ्सविरुद्ध जित हासिल गरेको थियो । मंगोलियाविरुद्ध नेपालले कीर्तिमानी जित हासिल गरेको थियो ।
चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड भ्याक्सिनको प्रविधि आविष्कार गर्ने वैज्ञानिकको जोडीलाई दिने घोषणा गरिएको छ । यी दुई अमेरिकी वैज्ञानिकहरू डा. क्याटालिन क्यारिको र डा. ड्र्यू विजम्यान रहेका छन् । यो प्रविधि कोभिड महामारी अघि प्रयोग गरिएको थियो तर पछि यो विश्वभरि लाखौंलाई दिइएको हो । यस एमआरएनए प्रविधिमा क्यान्सरलगायत अन्य रोगका बारेमा थप अनुसन्धान […]
काठमाडौँ । अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी आइतबार राति छाडिएको छ । अभिनेता केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी उनकै सहोदर काका उज्ज्वल केसीको जिम्मा दिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथ प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिए । उनका अनुसार अभिनेता केसीको स्वास्थ्य अवस्था, प्रमाण लोप गर्न […]
काठमाडौं । अंग्रेजी वर्ष सन् २०२३ को ९ महीनामा करीब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि सेप्टेम्बर महीनासम्म हवाई मार्ग भएर सात लाख ८२ हजार तीन सय ७२ पर्यटक भित्रिएका हुन् ।
गत सेप्टेम्बरमा मात्रै ९१ हजार १२ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो वर्ष सन् २०२२ को सोही अवधिमा ५८ हजार तीन सय १४ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ मा ९२ हजार छ सय चार पर्यटक नेपाल आएका थिए ।
नेपालमा पर्यटकीय सिजन शुरु भएकाले अबका दिनमा विदेशी पर्यटक आगमन बढ्ने बोर्डको विश्वास छ । बोर्डका निर्देशक मणिराज लामिछानेले पछिल्ला महीनामा निरन्तर पर्यटक आगमन वृद्धि भइरहेकाले लक्ष्यमा पुग्न सहज हुने बताए । पछिल्लो पर्यटक आँकडा कोभिड–१९ पूर्वको पर्यटक आगमनको ९० दशमलव २८ प्रतिशत हो । सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । यो लक्ष्य पूरा हुन ३ महीनामा दुई लाखभन्दा बढी पर्यटक नेपाल आउनुपर्छ ।
सेप्टेम्बरमा सबैभन्दा बढी भारतबाट २८ हजार छ सय ४२, चीनबाट आठ हजार एक सय ७४, अमेरिकाबाट सात हजार तीन सय ६४, बङ्गलादेशबाट तीन हजार सात सय १६ पर्यटक नेपाल आएका छन् । यस्तै अष्टे«लियाबाट तीन हजार छ सय ८५, संयुक्त अधिराज्यबाट तीन हजार छ सय ४०, श्रीलङ्काबाट तीन हजार ११, जर्मनीबाट दुई हजार आठ सय ५२, दक्षिण कोरियाबाट दुई हजार १८ र इजरायलबाट एक हजार सात सय ३४ पर्यटक नेपाल भित्रिएका छन् । रासस