बैतडीको सबैभन्दा बढी जनसङ्ख्या भएको पुरचौडी नगरपालिकामा नेपाल टेलिकमको नेटवर्क आकाशमा बादल लाग्ने बित्तिकै बन्द हुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।
विद्युतको पहुँचबाट टाढा रहेको पुरचौडी नगरपालिकाको कुवाकोट–५, काटैको डाँडामा सोलार प्रविधिबाट सञ्चालनमा ल्याईएको नेपाल टेलिकमाको टावरले बादललागेको दिन कामनगर्दा सञ्चारबाट वञ्चित हुनु परेको नगरपालिले जानकारी दिएको छ ।
टेलिफोन बन्दा हुँदा नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई समस्या भएको बताईएको छ । कोरोना कहरका बेला महत्वपूर्ण रिपोर्टिङ गर्न पनि समस्याहुने गरेको स्थानीय सञ्चारकर्मी हरिश साउदले बताउनुभयो ।
साउदले भन्नुभयो, “ आकाशमा बादल लागेपछि फोनको नेटवर्क आउँदैन । फोन बन्दभएको आजकरिब २८ दिनभईसकेको छ । डिलासैनी गाउँपालिकामा रहेको टावर खोज्न दुइृ घण्टा उकालो हिँडेर डाँडामा गएपछि बल्ल नेटवर्क आउँछ ।