सुडानी सेना प्रमुखद्वारा शक्तिशाली परिषद् गठन

सुडानका सेना प्रमुख जनरल अब्देल फताह अल बुर्हानले शासन–सत्ता सञ्चालनका लागि नयाँ सार्वभौम परिषद् गठन गरेका छन् । गत महिना उनले देशको संक्रमणकालिन सरकारलाई अपदस्थ गर्दै सत्ता आफ्नो हातमा लिएका थिए । जनतालाई सत्ता हस्तानान्तरण गर्नुपर्ने माग राख्दै आएका विपक्षी दलहरुको प्रतिनिधित्व यस परिषद्मा छैन । अल बुर्हान यस परिषद्को प्रमुख रहने घोषणा बिहीबार सरकारी टेलिभिजनले गरेको छ । अर्धसैन्य दस्ता -यापिड सर्पोट फोर्सका नेता मोहम्मद हम्दान डागालो यस परिषद्का उप–प्रमुख रहनेछन् । बुर्ह