अलैँचीकाे मूल्य ११ हजार रुपैयाँले घट्याे : बजार व्यवस्थापन गरिदिन सरकारसँग किसानकाे माग

ताप्लेजुङ – आठ वर्ष पहिले प्रतिमन (४० किलो)को एक लाख २० हजार रुपैयाँसम्ममा बिक्री भएपछि खोल्सीको कालो सुनको परिचय पाएको अलैँचीको मूल्यमा यो वर्ष ह्रास आएको छ । नयाँ उत्पादन बिक्री सुरु भएसँगै यो सिजनमा गएकाे वर्ष ताप्लेजुङमा प्रतिमन ३८ हजार रुपैयाँले बिक्री भएको थियो । तर, यस वर्ष भने मूल्य घटेर २७ हजार रुपैयाँमा झरेको छ । यो वर्ष उत्पादन बढी हुने देखिएको छ । तर, अन्तर्राष्ट्रिय बजारमा कम माग हुँदा मूल्यमा ह्रास आएको अलैँची व्यवसायी महासंघ ताप्लेजुङका अध्यक्ष बलमणि बरालले जानकारी दिनुभयो । हरेक वर्...