‘तीन दिनदेखि लागेको लाग्यै छौँ, आज ओली र नेपालको भेट गराएरै छाडिन्छ’

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओली र निलम्बनमा परेका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले ओली र नेपालबीच भेटवार्ता हुने प्रवल सम्भावना रहेको उज्यालोलाई जानकारी दिनुभयो । आज भेट्ने भन्नेमा दुई नेता राजी भएको तर ठ्याक्कै समय भने टुङ्गो नलागेको दुगडले बताउनुभयो ।  ‘उहाँहरुलाई भेटेर कुरा गर्नुहोस्, विगतमा भएका तीता कुरा बिर्सिँदै एक भएर अघि बढ्नुको विकल्प छैन भनेर म र सोमप्रसाद पाण्डे तीन दिनदेखि लागेको लाग्यै छौँ, आज भेट गराएरै छाडिन्...