राउटे युवतीमाथि यौन दुर्व्यहार गर्ने तीन जना युवालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतले गुर्भाकोट नगरपालिकाका चौमनबहादुर घर्ती, भूपेन्द्र बुढामगर र होटल सञ्चालक मनबहादुर पुनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।