निश्चित क्षेत्र बन्द हुनसक्छ तर लकडाउन हुँदैन: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन गर्ने पक्षमा सरकार नरहेको बताएको छ ।

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालय तत्काल लकडाउन गर्ने पक्षमा छैन : सचिव पोखरेल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी (लकडाउन) गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ ।  प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको मंगलवार बसेको बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले मन्त्रालय बन्दाबन्दीको विरुद्धमा रहेको बताए । देशमा बल्लबल्ल अलिअलि उकालो लागेको अर्थतन्त्र फेरि नबिग्रियोस् भन्नेमा मन्त्रालय प्रस्ट रहेको उनले बताए । उनले भने, ‘कतिपय क्षेत्र बन्द गर्नुपर्ने हो भने २–३ हप्ता बन्द गरेर पुनः सञ्चालन गर्न सकिन्छ ।’ १८ वर्षमुनिका बालबालिकाका लागि खोप सञ्चालन गरिरहे पनि विद्यालय ब...

तत्काल लकडाउन हुँदैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव डा रोशन पोखरेलले मन्त्रालय बन्दाबन्दीको विरुद्धमा रहेको बताउनुभयो । देशमा बल्लबल्ल अलिअलि उकालो लागेको अर्थतन्त्र फेरि नबिग्रियोस् भन्नेमा मन्त्रालय प्रष्ट रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय क्षेत्र बन्द गर्नुपर्ने हो […]

लकडाउन होइन स्मार्ट लकडाउन हुनसक्छ   : स्वास्थ्य मन्त्रालय

पुस २७, काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन दिएको छ । साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी तथा सबै सार्वजनिक कार्यक्रमहरु बन्द गराएको छ । सम्भावित कोरोना भाइरसको तेस्रो लहरलाई ध्यानमा राख्दै गर्दै यही पुस २६ गतेबाट गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुमार्फत् संक्रमणको रोकथाम र नियन्त्रणका लागि ८ बुँदे आदेश जारी गरेको छ ।             संक्रमण बढ्दै गएको अवस्थामा सरकारले गरेका पछिल्ला निर्णयले फेरि पनि बन्दाबन्दी (लकडाउन) हुने हो कि भन्ने चिन्ता आम सर्वसाधारणमा देखिन थालेको छ । संक्रमणको पहिलो र दोस्रो लहरमा बन्दाबन्दी भोग्नु परेका नेपालीहरुमा फेरि त्यस्तो अवस्था आउने त होइन भन्ने चिन्ता छाएको देखिएको हो ।             पुस २३ गते १४ हजार ९७१ जनामा परीक्षण गरेकामध्ये २६२ कोरोना भाइरसका संक्रमित रहेकोमा पुस २६ गते हिजो ११ हजार ४२९ परीक्षण गरेकामध्ये एक हजार ४४६ संक्रमित देखिएका छन् । साथै नेपालमा हाल ७ हजार ८५५ सक्रिय संक्रमित पुगेका छन् । यसरी अहिले दैनिक संक्रमित हुनेको बढिरहेको छ ।             संक्रमण दर बढ्दै             संक्रमण दर पनि वृद्धि भएको छ । पुस १९ गते कुल परीक्षणमध्ये २ दशमलव ६ प्रतिशतमा रहेको संक्रमण पुस २६ गते कुल परीक्षण गरेकोमध्ये १२ दशमलव ७ प्रतिशतमा संक्रमण पुगेको छ । यस्तै पुस २५ गते कुल परीक्षण गरेकोमध्ये ९ दशमलव २ प्रतिशतमा संक्रमण दर रहेको थियो ।             यसैगरी पुस २० गते ४ दशमलव २ प्रतिशत, पुस २१ गते ४ दशमलव ३ प्रतिशत पुस २२ गते ४ दशमलव ५ प्रतिशत, पुस २३ गते ६ दशमलव ५ प्रतिशत, पुस २४ गते ७ दशमलव १ प्रतिशत कुल संक्रमण दर रहेको थियो ।      स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमणकै कारणले अहिलेसम्म नै बन्दाबन्दी (लकडाउन) को अवस्थामा पुगिहाल्ने कुनै निर्णय गरेको छैन ।             मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले अहिलेको अवस्थामा बन्दाबन्दी गरिहाल्ने सोच मन्त्रालयको नभएको बताए । उनका अनुसार बन्दाबन्दी बारेमा छलफल नै भएको छैन ।         मन्त्रालयले जुन क्षेत्रमा संक्रमणको दर बढी हुन्छ सोही क्षेत्रमा मात्र स्मार्ट लकडाउन गर्ने तयारीमा रहेको छ । उनका अनुसार तर मन्त्रालयले ‘स्मार्ट लकडाउन’ गर्ने अधिकार भनेर सम्बन्धित जिल्लाको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई दिएको छ । जिल्ला र स्थानीय तहमा कति संक्रमितसम्मलाई उपचार गर्न सकिन्छ त्यसको पनि अब लेखाजोखा हुनुपर्ने अवस्था छ ।   मन्त्रालयले सम्भावित जोखिम रोक्नका लागि खोप अभियानलाई तीव्रता दिएको छ । प्रतिदिन ५ लाख जनालाई खोप लगाउन सक्ने क्षमता मन्त्रालयसँगै रहेको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले तेस्रो लहरलाई रोकथाम र नियन्त्रण गर्नका लागि खोप अभियानलाई जनताको घरदैलोसम्म पु¥याइरहेको बताए।             ओमिक्रोन भेरियन्ट रोकथामको तयारी             सरकारले पहिलेको अनुभवबाट पाठ सिकेर अहिले सम्भावित तेस्रो लहरको जोखिम हुन नदिन अस्पताललाई तयारी अवस्थामा राखेको छ । उपत्यकाका र देशभरिका अस्पताललाई अक्सिजन, सघन उपचार कक्ष (आईसीयू), हाई डिपेन्डेन्सी यूनिट (एचडीयू), भेन्टिलेटर, आईसोेलेशनको तयारी अवस्थामा राखेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए । रासस

तत्काल लकडाउन हुने सम्भावना छैनः स्वास्थ्य मन्त्रालय

दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएपछि नेपालमा लकडाउनलाई लिएर धरै चासो व्यक्त गरेका छन्। तर तत्काल लकडाउन हुने सम्भावना नरहेको मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीले बताए।

तत्काल लकडाउन हुने सम्भावना छैनः स्वास्थ्य मन्त्रालय

दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएपछि नेपालमा लकडाउनलाई लिएर धरै चासो व्यक्त गरेका छन्। तर तत्काल लकडाउन हुने सम्भावना नरहेको मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीले बताए।

लकडाउन हुँदैन, यसबारे सरकारले केही निर्णय गरेको छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ । सोमबार ओमिक्रोनका २ जना संक्रमित भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जनाएको हो ।

के फेरि लकडाउन हुन्छ ? यसाे भन्छ स्वास्थ्य मन्त्रालय

सअघि दुई चरणमा कोभिडको मार झेलिसकेको नेपालले तेस्रो लहरको सम्भावित जोखिमबाट बच्न के गर्छ ? के फेरि लकडाउन वा निषेधाज्ञा गरिन्छ ?

संक्रमण उच्च हुनगएमा लकडाउन हुनसक्छ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या उच्च हुनगएमा संक्रमणको चक्र रोक्नका लागि लकडाउन गर्नुपर्ने अवस्था आउनसक्ने बताएको छ ।

छिमेकी देशमा सङ्क्रमण बढ्याे, भिडभाड हुने कार्यक्रम नगराैँ : स्वास्थ्य मन्त्रालय

काठमाण्डाै – सरकारले भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको छ । सभा, जुलुस, गोष्ठीलगायतका भिडभाड हुने कार्यक्रम नगर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो । केही दिनयता छिमेकी देश भारतलगायत देशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र सर्तकता अपनाउन आवश्यक रहेको पनि मन्त्रालयले जनाएको छ ।  भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । सङ्क्रमण फैलिएपछि केही ठाउँमा लकडाउन गरिए...