प्रदेश सरकार फेरबदलको कसरमा चलिरहेको बेला नेकपाका दुबै समूहले काँग्रेसलाई प्रदेश १ र बागमतीमध्ये एउटमा मुख्यमन्त्री दिन सकिन भन्दै गठबन्धनको अफर गरेका छन् । नेकपाका दुबै समूहले मुख्यमन्त्री भागबण्डा गरेर गठबन्धन गर्ने औपचारिक प्रस्ताव गरेपनि सहमति नहुँदा निर्णय गर्न भने नसकेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
नेकपाको केपी ओली पक्षका मुख्यमन्त्रीलाई हटाउन प्रदेश १ र बागमतीमा प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गराएको छ ।