अहिलेसम्म नवीकरण हुन नसकेका उद्योगले ३० दिनको समय पाएका छन् । उद्योग विभागले कात्तिक १ देखि ३० गतेसम्ममा म्याद सकिएका स्वदेशी तथा विदेशी उद्योगले नवीकरण गर्न सक्ने भएका हुन् । विभागले भनेको छ, ‘वैशाख १५ गते जारी भएको निषेधाज्ञाको कारण उद्योग विभागबाट प्रदान गरिने सेवा प्रवाहमा आवेदन गर्न नपाएका सेवाग्राहीले ३० दिन भित्रमा आवेदन गर्न सक्छन् ।’विभागले औद्योगिक व्यवसाय ऐन, २०७६ को दफा ९ (क) बमोजिम उद्योगको सञ्चालन, व्यवसायिक उत्पादन वा कारोबार प्रारम्भ गर्ने म्याद थप्न समेत आवेदन गर्न स