स्याङ्जामा प्याराग्लाइडिङ दुर्घटना, एक किशोरी घाइते

स्याङ्जा – स्याङ्जाको भीरकोट नगरपालिकामा प्याराग्लाइडिङ उड्ने क्रममा भएको दुर्घटनामा एक किशोरी घाइते भएकी छन् । भीरकोट ८ स्वरेक मैदानमा प्याराग्लाइडिङ उड्ने क्रममा त्यही ठाँउकी १९ वर्षीया लक्ष्मी अर्याल घाइते हुनुभएको हो ।  घाइते अर्याललाई उद्धार गरी हेलिकप्टरबाट पोखराको मेट्रोसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।  घाइते अर्यालको टाउको र खुट्टामा चोट लागेको प्रहरीको भनाइ छ । 

सम्बन्धित सामग्री

स्याङ्जामा प्याराग्लाइडिङ दुर्घटना हुँदा १९ वर्षीया किशोरी घाइते

घाइते अर्याललाई उद्धार गरी हेलिकप्टर मार्फत पोखरा स्थित मेट्रोसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।