कीर्तिमानी रोहित शीर्ष स्थानमा, वार्नरलाई भेट्टाउलान् फिन्चले ?

एजेन्सी । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति भारत

सम्बन्धित सामग्री

हालान्डले बनाए गोलको कीर्तिमान

इर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिगमा एकै सिजन ३५ गोलको नयाँ कीर्तिमानी बनाएका छन् । त्यसको मद्दतले म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई ३–० ले हरायो र लिग तालिकाको शीर्ष स्थानमा उक्लियो । यस्तै अर्को खेलमा लिभरपुलले फुलहमलाई १–० ले पराजित गर्‍यो ।

हालाण्डको कीर्तिमानी गोलमा सिटीको सानदार जित

एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालाण्डको कीर्तिमानी गोलमा सानदार जित दर्ता गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा वेस्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित गर्दै आर्सनलाई पछि पार्दै सिटी शीर्ष स्थानमा फर्किएको हो । सिटीको जितमा हालान्डसँगै नाथन एके र फिल फोडेनले गोल गरे । वेस्ट […] The post हालाण्डको कीर्तिमानी गोलमा सिटीको सानदार जित first appeared on Hamro Khelkud.

कमिन्सको कीर्तिमानी बिष्फोटक ब्याटिङमा कोलकाताको सानदार जित

एजेन्सी – तीव्र गतिका बलर प्याट कमिन्सको बिष्फोटक ब्याटिङको सहयोगमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स भने सुरुवाती तीनै खेलमा पराजित भएको छ । १ सय ६२ रनको विजयी लक्ष्य कोलकाताले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा […]

म्याथ्युको विश्व कीर्तिमानी शतकमा क्यानडाको विशाल जित

मस्कट (हाम्रो खेलकुद) – ओपनर म्याथ्यू स्पोर्सले डेब्यू खेलमै विश्व कीर्तिमानी शतक प्रहार गरेपछि क्यानडाले आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा फिलिपिन्सलाई १ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको छ । योसँगै समूह बी मा क्यानडा २ अंकका साथ शीर्ष स्थानमा छ । २ सय १६ रनको विजयी लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० […]

इन्टरलाई हराउँदा रियलको गोलको कीर्तिमान

कीर्तिमानी १३ पटकको विजेता रियल म्याड्रिडले १० खेलाडीमा सीमित इन्टर मिलानलाई पराजित गर्दै समूह डीको शीर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको छ । पराजित भए पनि इन्टरले पनि दोस्रो बन्दै अन्तिम १६ मा स्थान बनाएको छ ।रियललाई हराएको भए इन्टरले समूहको शीर्ष स्थानमा कब्जा गर्ने अवसर थियो । तर, रियलको घरेलु मैदानमा इन्टर २ ० गोलले पराजित हुन पुग्यो । रियलको जीतमा टोनी क्रुसले खेलको १७ औँ मिनेटमा पहिलो गोल गरे । युरोपियन प्रतियोगितामा रियलको यो १ हजारौँ गोल थियो । यो कोशेढुंगा पार गर्ने रियल पहिल

रियल मड्रिड बन्यो समूह विजेता

कीर्तिमानी १३ औँपटक उपाधि जितेको रियल मड्रिड यो सिजन आफ्नो समूहको शीर्ष स्थानमा रहँदै च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा भएको खेलमा समूह डी मा रहेको रियल मड्रिडले १० खेलाडीमा सीमित भएको इटालियन क्लब इन्टर मिलानलाई २–० ले पराजित गरेको हो । ६४ औँ मिनेटमा बारिला सिधै रातो कार्ड […]

लेवनडोवस्की गोल गर्न चुके, बायर्नको शीर्ष स्थानमा अग्रता बढायो

काठमाडौं । बायर्न म्युनिख फरवार्ड रोबर्ट लेवनडोवस्की गोल गर्न चुकेका छन् । क्लबको कीर्तिमानी लगातार १९ खेलमा गोल गर्ने पोल्यान्डका फरवार्ड लेवनडोवस्की शुक्रबार राति जर्मन बुन्डेसलिगामा नव प्रवेशी ग्रेउथर फुर्थविरुद्ध गोल गर्न असफल भएका हुन् । तथापि दश खेलाडीमा सीमित बायर्न ३–१ ले विजयी भयो । लेवनडोवस्कीले ४०औं मिनेटमा गरेको प्रहार...

ओमानविरुद्द नेपालको ऐतिहासिक जित

कप्तान ज्ञानेन्द्र मल्ल र ओपनर आसिफ शेखको कीर्तिमानी साझेदारीको मद्दतमा नेपालले ओमानमाथि ऐतिहासिक जित निकालेको छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आइतबार राती नेपालले ओमानलाई ७ विकेटले पराजित गर्दै ओडिआई क्रिकेटमा ओमानलाई पहिलो पटक पराजित इतिहास रचेको हो । जितको लागि १ सय २२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो । नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्ल ४६ बलमा ४ चौका र २ छक्का सहित ५२ रनमा अविजित रहे । शरद भेषावकर पनि विजयी रन बटुल्दै १ रनमा अविजित रहे ।ज्ञानेन्द्रले ४३ बलमा आफ्नो ओडिआई करिअरको चौथो अर्धशतक प्रहार गरे । योसँगै उनी नेपालका लागि ओडिआईमा ४ अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् ।युवा ब्याट्सम्यान तथा ओपनर आसिफ शेखले ४४ बलमा ७ चौका सहित ४० रन जोडे । आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ९५ रनको कीर्तिमानी साझेदारी गरेका थिए । ओडिआई क्रिकेटमा यो उच्च स्कोरको साझेदारी हो ।ओपनर आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि १६ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेल कलिमुल्लाहको चौथो ओभरको पहिलो बलमा खराब सटका साथ फस्ट स्लिपमा जतिन्दर सिंहबाट ६ रनमा क्याच आउट भए । रोहित कुमार पौडेल ६ रनमा आउट भए । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमान ३७.१ ओभरमा १ सय २१ रनमा अल आउट भयो । ओमानका कप्तान जिशान मकसुदले ६६ बलमा २ चौका र १ छक्का सहित सर्वाधिक ४१ रन बनाए । नेपालको कसिलो बलिङसामू ओमानका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउनै सकेनन् । करणको तेस्रो ओभरको चौथो बलमा ओपनर जतिन्दर सिंह फस्ट स्लिपमा आसिफ शेखबाट १३ रनमा क्याच आउट भए । पहिलो खेलमा नेपालविरुद्ध शतक प्रहार गरेका जतिन्दरले दोस्रो खेलमा १३ बलमा १ चौका र १ छक्का प्रहार गरे । जतिन्दर आउट भएपछि ओमानको विकेट लगातार झर्यो ।करणको सातौं ओभरको पाँचौ बलमा डेब्यू खेल खेलेका सुफ्यान मोहम्मद ४ रनमा सुशान भारीबाट क्याच आउट भए । नवौं ओभरको पाँचौं बलमा करणले अयान खानलाई ७ रनमा बोल्ड आउट गरिदिए । त्यसपछि लेग स्पिनर सन्दीप लामिछानेले ११ औं ओभरको अन्तिम बलमा मोहम्मद नदीमलाई ४ रनमा एलबीडब्लू आउट गरे । सन्दीपले नै १४ औं ओभरको चौथो बलमा नेपाली मुलका विकेटकिपर सुरज कुमारलाई शून्यमा बोल्ड आउट गरे । लगत्तैको अर्को बलमा नेस्टर धम्बालाई एलबीडब्लू आउट गर्दै ह्याट्रिक नजिक पुगेका थिए । शरद भेषावकरले २ विकेट लिए । शरदको २२ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका सन्दीप गौडे सुशान भारीबाट ८ रनमा क्याच आउट भए । ओडिआईमा शरदको यो पहिलो विकेट हो । शरदले ३० औं ओभरको चौथो बलमा नसीम खुसी १२ रनमा कुशल भुर्तेलबाट क्याच आउट भए ।तल्लोक्रमका कलिमुल्लाह १२ र विलाल खानले ९ रन बनाए ।नेपालका लागि सन्दीप लामिछानेले ८.१ ओभरमा २ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिए । करण केसीले ८ ओभरमा १ मेडनसहित २५ रन खर्चेर ४ विकेट लिए । स्पिनर शरद भेषावकरले ६ ओभरमा १ मेडनसहित २१ रन खर्चेर २ विकेट लिए ।योसँगै नेपाल ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंक जोड्दै अंक तालिका चौथो स्थानमा उक्लिएको छ ।ओमान १३ खेलमा १० मा जित र ३ मा हारसहित २० अंकका साथ शीर्ष स्थानमा छ । अमेरिका १५ खेलमा ७ मा जित र ८ मा हार सहित १४ अंक जोड्दै दोस्रो स्थानमा छ । स्कटल्यान्ड ८ खेलमा ४ मा जित र ३ मा हार सहित ९ अंकका साथ तेस्रो स्थानमा छ ।नेपाल ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंकका साथ चौथो स्थानमा छ । नामिबिया ७ खेलमा ४ मा जित र ३ मा हार सहित ८ अंकसहित पाँचौं स्थानमा । युएई ७ खेलमा समान ३ मा जित र ३ मा हार सहित ७ अंक जोड्दै छैठौँ स्थानमा छ । पपुवा न्युगिनी ८ खेलमा सबै हार ब्यहोर्दै अंकविहिन हुँदै पुछारमा छ ।

बायर्नले जित्यो कीर्तिमान लगातार नवौं बुन्डेसलिगा उपाधि

काठमाडौं। बोरुसिया डर्टमण्डले दोस्रो स्थानको आरबी लाइपजिगलाई ३-२ ले पराजित गरिदिएपछि बायर्न म्युनिखले तीन खेलअगाडि नै जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ। बायर्नको यो कीर्तिमानी लगातार नवौं लिग उपाधि हो। बायर्न ७१ अंकका साथ शीर्ष स्थानमा रहँदा एक खेल बढी खेलेको लाइपजिग ६४ अंकका साथ दोस्रो स्थानमा छ। डर्टमण्डको जितमा जाडोन सान्चोले दुई र मार्को रेउसले एक गोल गरे।

कीर्तिमानी जीतसँगै शीर्ष स्थानमा उक्लियो युनाइटेड

पाउल पोग्बाले उत्कृष्ट गोल गरेपछि म्यान्चेस्टर युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै फुलहामलाई पराजित गरेको छ । फुलहमविरुद्ध कीर्तिमानी जीत हासिल गर्दै युनाइटेड पुनः प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।युनाइटेड खेलको पाँचौ मिनेटमा नै एडेमोला लुकम्यानको गोलमा पछि परेको थियो । तर, २१ औँ मिनेटमा एडिन्सन कभानीले ...