आठदेखि २० वर्षका गैँडा स्थानान्तरण गर्ने लक्ष्य, गरिए ३० वर्षसम्मका

चितवन राष्ट्रिय निकुञ्ज भित्र गैँडाको आन्तरिक स्थानान्तरणको काम जारी छ। १० वटा गैँडा स्थानान्तरण गर्ने लक्ष्य राखेको वन तथा वातावरण मन्त्रालयले सोमबारसम्म तीन वटा भाले गैँडा स्थानान्तरण गरेको छ।...

सम्बन्धित सामग्री

'गैँडा स्थानान्तरण गर्न पाइँदैन'

चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर (नवलपुर क्षेत्र) बाट थप चारवटा गैँडा स्थानान्तरण गरी पूर्वी सेक्टर (सौराहा) लैजाने तयारी गरिएको भन्दै यहाँका सरोकारवाला एक ठाउँमा उभिएर प्रतिवाद गर्ने भएका छन् ।

गैँडा स्थानान्तरण विषयमा ध्यानाकर्षण

पूर्वी नवलपरासीबाट गैँडा स्थानान्तरण गरी चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर लैजान नहुने भन्दै सरोकारवालाले विरोध जनाएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका पाँच गैँडा स्थानान्तरण

चितवन – चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन भाले र दुई पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएका छन्। पश्चिममा गैँडाको सङ्ख्या धेरै भएपछि पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको हो। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दिव्यपुरी क्षेत्रबाट दुई गैँडालाई पूर्वी क्षेत्रमा ल्याइएको छ।  अन्दाजी आठ र १७ वर्षका भाले गैँडालाई नियन्त्रणमा लिई पूर्वी चितवनको […]

पाँच गैँडा स्थानान्तरण

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन भाले र दुई पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएका छन् । पश्चिममा गैँडाको सङ्ख्या धेरै भएपछि पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको हो ।

पुष्पा र अञ्जलीको जोडी बन्न कोशीटप्पु जादैछ चितवनको भाले गैँडा

‘गत असोज ९ गते पुष्पा र अञ्जली नाम राखिएका पोथी गैँडालाई कोसीमा स्थानान्तरण गरिएको थियो। पोथी गैँडालाई जोडी मिलाउन भाले गैँडा स्थानान्तरण गर्न लागिएको हो। भाले गैँडा लगिएपछि प्रजनन प्रक्रिया सुरु हुन्छ’, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल...

प्रजनन क्षमता बढाउन गैँडाको आन्तरिक स्थानान्तरण

चितवन राष्ट्रिय निकुञ्जमा लोपोन्मुख एकसिंगे गैँडाको प्रजनन क्षमता वृद्धि गर्न आन्तरिक रूपमा गैँडा स्थानान्तरण गर्न सुरु गरिएको छ । शुक्रबार, शनिबार र आइतबार गरी तीनवटा गैँडा स्थानान्तरण गरिएको छ । चितवन राष्ट्रिय...

कावासोतीबाट गैँडा स्थानान्तरण सुरु

चितवन – चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक गैँडा स्थानान्तरणको काम सुरु गरेको छ। नवलपुरको कावासोतीबाट एउटा गैँडा नियन्त्रणमा लिएर कामको शुभारम्भ गरिएको हो। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि यहाँका केही गैँडा निकुञ्जको पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार […]

चितवन निकुञ्जमा गैँडा स्थानान्तरण गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । केही वर्षअघि नै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि स्थानान्तरण हुन सकेको थिएन । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार आन्तरिक […]

कोशीटप्पुमा गैँडा स्थानान्तरण गरिने,भाले नहुँदा प्रजननमा समस्या

चितवन राष्ट्रिय निकुञ्जबाट दुई वटा पोथी गैँडालाई कोशीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिने भएको छ । वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार असोज १० गते पुष्पा र अञ्जली नाम राखिएका पोथी गैँडालाई स्थानान्तरण गर्न लागिएको हो । कोशीटप्पु अहिले गैँडाविहीन छ । सरकारले कोशीमा गैँडाको बासस्थान विस्तार गर्ने उद्देश्यले स्थानान्तरण गराउन लागेको हो । “गैँडा स्थानान्तरणको तयारीमा छौँ,” चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले भन्नुभयो, “तोकिएकै मितिभित्र गैँडा स्थानान्तरण गर्ने छौँ ।”

चितवनमा गैँडा स्थानान्तरण गर्नका लागि अध्ययन शुरु

चैत ८, चितवन । दुर्लभ एक सिङ्गे गैँडा स्थानान्तरणका लागि अध्ययन शुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैँडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा अध्ययन समिति बनाएको छ । यो समितिले गैँडासँगै बाह्रसिङ्गे स्थानान्तरणका लागि अध्ययन गर्ने छ । कृष्णसार स्थानान्तरणका लागि अध्ययन गरी प्रतिवेदन तयार भइसकेको छ । अर्ना स्थानान्तरणको अध्ययनसमेत गरिने छ । अध्ययन समितिका संयोजक ढकालका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा पश्चिममा गैँडाको संख्या धेरै रहेको छ । ती गैँडामध्ये केहीलाई पूर्व स्थानान्तरणका लागि अध्ययन थालिएको हो । कोसीटप्पु राष्ट्रिय निकुञ्जमा चितवनको गैँडा लैजाने विषयमा अध्ययन थालिएको हो ।  विभागले ढकालको संयोजकत्वमा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य, कोसीटप्पु राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडा, इकोलोजिष्ट गणेश पन्त, राष्ट्रिय प्रकृति संरक्षण कोषका नरेश सुवेदी, जेडएसएलका भगवानराज दाहाल, विश्व वन्यजन्तु कोषका कञ्चन थापा र सहायक इकोलोजिष्ट हेमराज आचार्य रहेको अध्ययन समिति बनाएको छ । समितिले चितवन र कोसीटप्पुको पहिलो चरणको अध्ययन गरेको छ । ढकालको भनाइमा कोसीटप्पु, बर्दिया र शुक्लाफाँटामा गैँडा स्थानान्तरणको विषयमा अध्ययन भइरहेको छ । विज्ञ समूहहरु पठाएर थप अध्ययन गरिने उनको भनाइ छ । बर्दियामा ३८ र शुक्लाफाँटामा १७ ओटा गैँडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैँडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा तीन ओटा गैँडा छन् । चितवन र पर्सा जोडिएकाले गैँडा यताउता गरिरहने हुँदा गैँडाको संख्या घटबढ हुने गर्दछ । पछिल्लो गणनामा देशभरका यी निकुञ्जमा कुल गैँडाको संख्या ७५२ पुगेको छ । ढकालले तीन/चार महीनामा अध्ययन पूरा गरेर विभागमा प्रतिवेदन बुझाउने बताए । यो वर्ष अध्ययनमा समय लाग्ने भएकाले आउँदो वर्र्ष स्थानान्तरण गर्न सकिने उनको भनाइ छ । गैँडा स्थानान्तरण गर्न हिउँद पर्खनुपर्छ । विगतमा कोसीमा गैँडा रहेको भन्दै उनले त्यो ठाउँ गैँडाका लागि उपयुक्त हुनसक्ने बताए ।  यससँगै गैँडाको बासस्थान विस्तारमा यो महत्वपूर्ण हुन सक्छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत आचार्य निकुञ्जको पश्चिमी क्षेत्रमा जोखिममा रहेका गैँडा आन्तरिकरुपमा स्थानान्तरण गर्नुपर्ने देखिएकाले अध्ययन थालिएको बताउँछन् । विसं २०७४ मा बाढीका कारण धेरै गैँडा बगेर भारत पुगेका थिए । केही गैँडा उद्धार गरी फिर्ता ल्याए पनि अरु केही ल्याउन सकिएको छैन । आचार्यले एकै ठाउँमा धेरै गैँडा हुँदा प्राकृतिक कारणले मर्ने क्रमसमेत बढेको बताए । उनको भनाइमा बासस्थानको बिस्तार गरी केही गैँडा पूर्व ल्याउन सकेमा उपयुक्त हुन्छ । अध्ययन समितिले यो विषयमा विस्तृतरुपमा अध्ययन गर्दैछ । घाँसे मैदान र पानीका स्रोत व्यवस्थापन गरी गैँडा पूर्व लैजान लागिएको हो । निकुञ्जमा गैँडाको संख्या बढ्दै जाने तर बासस्थानको व्यवस्थापन संख्याको आधारमा गर्न नसक्दा समस्या देखिएको छ । विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले समितिले प्रतिवेदन दिएपछि मन्त्रालयले आवश्यक निर्णय गर्ने बताए । उनले भने, ‘सम्भवगत अर्को वर्ष स्थानान्तरण गर्ने गरी अध्ययन यो वर्ष सकिन्छ ।’ गैँडा, अर्ना, बाह्रसिङ्गे र कृष्णसार स्थानान्तरण गर्नका लागि अध्ययन थालिएको उनले बताए ।  पूर्वी चितवनको टिकौलीमा कृष्णसार ल्याउनका लागि अध्ययन गरी समितिले प्रतिवेदन दिइसकेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटा र बर्दियाको कृष्णसार संरक्षण क्षेत्र खैरापुरबाट कृष्णसार ल्याउन, कोसीटप्पु राष्ट्रिय निकुञ्जबाट अर्ना ल्याउन र शुक्लाफाँटाबाट बाह्रसिङ्गे ल्याउनका लागि अध्ययन शुरु गरिएको हो । पूर्वी चितवनको टिकौली चौरमा कृष्णसार ल्याउनका लागि यसअघि नै अध्ययन गरिसकिएको छ । सो ठाउँमा १६ देखि १८ ओटा कृष्णसार ल्याउन सकिने गरी अध्ययन गरेर प्रतिवेदन बुझाईसकिएको छ । खुल्ला खोर (पूर्वाधार) निर्माण गरी कृष्णसार ल्याउन सकिने अध्ययनले देखाएको छ । ‘सोलार फेन्स’ गरेर बीचको भागमा माटाका थुप्रा बनाउनुपर्ने हुन्छ । सर्वसाधारणले अवलोकन गर्नसक्ने गरी स्थानान्तरण उपयुक्त हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ । निकुञ्जमा यसअघि ल्याइएका सात ओटा बाह्रसिङ्गेमध्ये ६ ओटा  मरिसकेका छन् । तत्कालीन समयमा दुई भाले र पाँच पोथी बाह्रसिङ्गे शुक्लाफाँटाबाट ल्याइएको थियो । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा बनाइएको खुल्ला खोरमा अर्नासँगै बाह्रसिङ्गे राखिएको थियो । सो खोरमा हाल तीनओटा अर्ना रहेका छन् । तत्कालीन समयमा कोसीटप्पुबाट १३ ओटा र सदर चिडियाखानाबाट दुई ओटा अर्ना ल्याइएको थियो । ल्याइएका अर्ना मरेर तीन ओटा बच्चा मात्रै बाँकी रहेका छन् । ती यही जन्मिएका बच्चा हुन् । ठूलो संख्यामा अर्ना ल्याएर वर्षाको समयमा बथानमा खुल्ला छोड्ने गरी अर्ना स्थानान्तरणको योजना बनाइएको छ । बर्सातको समयमा एकै ठाउँमा राख्दा समस्या देखिएपछि हिउँदमा केही समय खोरमा राखेर छाड्ने गरी स्थानान्तरण गर्ने योजना बनाइएको हो । एकै ठाउँमा वन्यजन्तु रहँदा कुनै महामारी रोगव्याधि भएमा वंश विनाश हुनसक्ने भएकाले विभिन्न ठाउँमा स्थानान्तरण गर्न लागिएको कँडेलले जानकारी दिए । यसअघि यहाँबाट दुर्लभ एकसिङ्गे गैँडा बर्दिया र शुक्लाफाँटा स्थानान्तरण गरिएको थियो । रासस