काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।
सुवेदीले नेपालले असंलग्न परराष्ट्र नीति त्याग्नुपर्छ भन्ने विचार राख्दै आएका थिए।