सरकारले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन दोस्रो संशोधन आदेश २०७९’ स्वीकृत गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सोमवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङको लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको पनि बताए ।उनका अनुसार सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का धिरजप