घर बनाएर बुबाआमा राख्ने रचना रिमालको सपना पूरा

काठमाडौं :  चर्चित गायिका रचना रिमालले झापामा आफ्नो घर निर्माण गरेकी छन्। उनले झापाको चन्द्रगढीमा चार कोठे पक्की घर निर्माण गरेको बताएकी हुन्।सामाजिक सञ्जाल फेसबुकमा घरको तस्वीर सार्वजनिक गर्दै  सानैदेखि बाबाममीलाई एउटा घर बनाएर राख्ने सपना सांगीतिक क्षेत्रबाट पुरा भएको बताइन्।'यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरू सबैको माया र आशीर्वादले गर्दा आज मेरो एउटा सपना पुरा भएको छ', उनले लेखेकी छिन्।

सम्बन्धित सामग्री

रचना रिमाल भन्छिन् : संगीतकै कमाइमा आमा बुवालाई घर बनाएर राख्ने सपना पुरा भयो !

काठमाडौं । अब संगीत रहर मात्र भएन, यो अर्थोपार्जनको एउटा लोभलाग्दो पेशा समेत बन्न थालेको छ । त्यसमा पनि कम उमेरमै नाम र दाम कमाउने सपना सबैको हुन्छ । पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालको दुबै हातमा नाम र दामका यी लड्डु छन् । केही महिना पहिले उनले आफ्नै कमाइमा घर बनाउँदै गरेको खबर सार्वजनिक […]