युक्रेनको राजधानी कीभमा रहेको चिहान गृहमा एक हजारभन्दा बढी शव राखिएको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार अहिलेसम्म चिहान गृहमा एक हजार २० शव राखिएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि भएका हिंसात्मक घटनामा परी उनीहरूको मृत्यु भएको युक्रेनी अधिकारीहरूले दाबी गरेका छन् । “ती शवहरू सडक तथा विभिन्न घरहरूबाट सङ्कलन गरिएको हो, रुसले गरेको आक्रमणकै कारण उनीहरूको मृत्यु भएको हो,” एक अधिकारीले भने । देशका अन्य ठाउँहरूमा पनि यस्तै गरी शवहरू छरिएको र सङ्कलन