रोल्पाको सुनछहरी गाउँपालिकामा माओवादी विजयी

काठमाण्डाै – रोल्पाको सुनछहरी गाउँपालिकामा माओवादीले जित हासिल गरेकाे छ । पालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका धनबहादुर पुनमगर र उपाध्यक्षमा माओवादी केन्द्रकै ननकला घर्ती विजयी हुनुभएको हाे । अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर पुनमगरले तीन हजार चार सय ३९ र उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पुस्तमन घर्तीमगरले एक हजार पाँच सय २३ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा माओवादीका उम्मेदवार घर्तीले तीन हजार चार सय ९२ र उहाँका प्रतिस्पर्धी कांग्रेसका कोमबहादुर बुढाले एक हजार ६ सय १६ मत प्राप्त गर्नुभएक...